नयाँ दिल्ली । अत्यधिक बर्षाका कारणले महाराष्ट्रको कोल्हापुर, रायगढ, रत्नागिरी, पालघर, ठाणे र नागपुरका केही क्षेत्रमा बाढि आएको छ । शुक्रबार मुम्बईको नजिकै रहेको गोवंडीमा एउटा भवन भत्केर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । उक्त घटनामा ६ जना घाइते भएका छन् । घाइते भएकालाई मुम्बईस्थित राजवाडी र सायन अस्पतालमा भर्ना गरिएको छ । त्यसैगरि रायगडस्थित तलई गाउँमा पहिरोको कारणले ७० जनाभन्दा बढि व्यक्तिहरु हराइरहेका छन् । जसमध्ये ३२ जनाको मृत्यु भएको छ भने बाँकीको खोजी कार्य भइरहेको छ ।
बर्षाती नदिको पानी शहर, गल्लि र गाउँमा पसेको जनाइएको छ । मौसम विभागले बिहीबार आउने तीन दिनसम्म कोंकण, मुम्बई र यसका वरिपरि रहेका जिल्लालाई सर्तक रहन रेड अलर्ट जारी गरेको थियो । अत्यधिक वर्षाका कारणले पछिल्लो २४ घण्टादेखि ठाणे र पालघर डुबानमा छन् । कोंकण डिभिजनकाअनुसार अहिलेसम्म बर्षातसँग जोडिएका घटनामा ८ जनाको मृत्यु भइसकेको छ । करिब ७ सय जनालाई सुरक्षित स्थानतिर लगिएको छ ।
त्यसैगरि, रायगढमा ४ ठाउँमा पहिरा जाँदा धेरै व्यक्ति त्यसमा पसेका छन् । जसमध्ये २५ जनालाई बाहिर निकालिएको छ भने २० जनाको खोजी भइरहेको छ । तलाई गाउँलाई जोड्ने सडक पानीले बगाएको छ । जसकारण मानिसहरु गाउँभित्रै थुनिएका छन् । यसैगरि कोल्हापुरमा फसेका मानिसलाई बाहिर निकाल्न एनडीआरएफको दुईवटा टिमले लगातार प्रयास गरिरहेको छ ।
स्थानीय व्यक्तिहरुसँग मिलेर एनडीआरएफको टीमपनि मानिसहरुलाई बचाउने काममा जुटेको छ । अहिलेसम्म ३२ जनाको शव निकालिएको छ । अत्यधिक बर्षाका कारणले उद्धार कार्यमा समस्या भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij