मुकेश झा
सर्लाही । ट्रकले किच्दा शुक्रबार बिहान सर्लाहीको हरिपुर्वामा एक किशोरीको मृत्यु भएको छ ।बाँके–सङ्ग्रामपुर सडक खण्डको श्रीनगरबाट धनकौल जाँदै गरेको ना ५ ख ३८५९ नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो । साइकलमा दुई जना सवार थिए ।
साइकल हाकिरहेकी ईश्वरपुर नगरपालिका–१३ घर भएकी १७ वर्षीया अञ्जली कुमारी महतोको ट्रकले किचेर घटनास्थलमै मृत्यु भएको थियो । साइकलको पछाडि चढेकी मृतककी बहिनी पुजाकुमारी घाइते भएकी छिन् । उनको श्रीनगरस्थित क्लिनिकमा उपचार भइरहेको छ ।
मृत्यु भएकी अञ्जलीको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सरोज राईले जानकारी दिए । ट्रक चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ । दुबै किशोरी बिहानै हरिपुर्वाबाट श्रीनगर जाँदै गर्दा उक्त दुर्घटना भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij