वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार सात सय रुपैयाँले बढेको हो ।
बढेको मूल्यअनुसार सुन तोलाको एक लाख ८१ हजार एक सय रुपैयाँ पुगेको छ । बुधबार सुनको मूल्य एक लाख ७५ हजार चार सय रुपैयाँ प्रति तोला थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij