Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम

  • 152
    SHARES
  • सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम

    काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार तीन सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सुनकाे यो मूल्य हालसम्मकै उच्च हो । सुनको यसअघिको उच्च मूल्य यही चैत १९ गते प्रतितोला एक लाख ७९ हजार सात सय रुपैयाँ कायम थियो ।

    अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो ।

    यसैगरी चाँदीको मूल्यमा भने गिरावट आएको छ । बुधबार प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij