Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रजनन दरमा घटेपछि इरानमा विवाह बढाउन सरकारी एप

प्रजनन दरमा घटेपछि इरानमा विवाह बढाउन सरकारी एप

  • 813
    SHARES
  • प्रजनन दरमा घटेपछि इरानमा विवाह बढाउन सरकारी एप

    तेहरान । इरानमा प्रजनन दरमा कमी आएपछि सरकारले विवाहलाई बढावा दिन ‘म्याचमेकिङ एप’ लन्च गरेको छ । यो एपले उपयोगकर्ताको पहिचान स्थापित गरेपछि मनोवैज्ञानिक अनुकुलताको परीक्षण गरेर युवाहरुलाई विवाहका लागि सल्लाह दिन्छ । 

    अधिकारीहरुका अनुसार एपको नाम ‘हमदन’ हो । यसको अर्थ साथी भन्ने बुझिन्छ । यो एप सरकारको इस्लामिक सांस्कृति निकायले बताएको हो । यो एप सम्भावित जोडी, उनीहरुको परिवारलाई परामर्श सेवा प्रदान गर्छ । यसको साथै विवाहको ४ वर्षसम्म पनि ती जोडीको सम्पर्कमा रहन्छ ।

    इरानमा इस्लामी कानुनले पश्चिमी शैलीको डेटिङ एपमा प्रतिबन्ध लगाएको छ । तर त्यहाँका युवाहरु पारम्पारिक तरिकाले विवाह गर्न मन पराउँदैनन् । इरानी महिलामा प्रजननदर पछिल्लो ४ वर्षमा २५ प्रतिशतले घटेपछि सरकारले यस्तो एप बनाएको हो । त्यहाँ प्रजननदर प्रति महिला १.७ बच्चा रहेका छन् ।

    इरानले एक दशकभन्दा अगाडि आफ्नो परिवार नियोजन नीति परिवर्तन गर्न सुरु गरेको थियो । यसपछि देशमा गर्भनिरोधक साधन पाउन कठिन भएको थियो । 

    सन् २०१४ मा इरानका सर्वोच्च नेता अयातुल्ला खामेनेइले एक आदेशमा जनसंख्यालाई बढावा दिँदा राष्ट्रिय पहिचान बलियो हुने बताएका थिए । यसपछि इरानी संसदले विवाह र बच्चा जन्माउन प्रोत्साहित गर्नका लागि ऋण र अन्य वित्तीय प्रोत्साहन दिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij