Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला

मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला

  • 154
    SHARES
  • मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला

    जनकपुर । मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत अवस्थामा फेला परेका छन् ।जनकपुरधामस्थित मधेश भवन परिसरभित्र रहेको आफ्नो निवासमै यादव मंगलबार बिहान मृत भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार यादव आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएका थिए । उनको कोठाभित्र वान्ता गरेको समेत फेला परेको प्रहरीले जनाएको छ ।

    मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम लगिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ भने पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij