Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : शेखर कोइराला

आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : शेखर कोइराला

  • 99
    SHARES
  • आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : शेखर कोइराला

    सुर्खेत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

    सुर्खेतमा आज नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले भने, ‘अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।’

    नेता डा. कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रुपमा अघि बढेको बताए । उनले भने, ‘सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सरकार पनि यसमा गम्भीर बन्नुपर्छ ।’

    अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा. कोइरालाको भनाइ छ । दुई ठूला दल मिले निरङ्कुुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए । कांग्रेस सत्तामा भएपनि आफूहरुले खबरदारी गरिरहेको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij