Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सामाजिक विकासमा गैरसरकारी संस्थाहरुको भूमिका महत्वपूर्ण छ : सभापति देउवा

सामाजिक विकासमा गैरसरकारी संस्थाहरुको भूमिका महत्वपूर्ण छ : सभापति देउवा

  • 149
    SHARES
  • सामाजिक विकासमा गैरसरकारी संस्थाहरुको भूमिका महत्वपूर्ण छ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको सामाजिक विकासमा गैरसरकारी संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

    नेपाली कांग्रेसको नागरिक समाज तथा गैरसरकारी संस्था सम्बन्धी नीति विषयक गोष्ठीमा बोल्दै उनले जनचेतना, प्रेस स्वतन्त्रता, मानव अधिकार र सुशासन समावेशी लगायतका विषयमा गैरसरकारी संघसंस्थाहरुले प्रभावकारी कामहरु गर्दै आएको बताएका हुन् ।

    सभापति देउवाले भने, ‘नेपालको सामाजिक विकासमा गैरसरकारी संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । गैरसरकारी संघसंस्थाहरुले खेलेको भूमिका प्रशंसनिय छ । जनचेतना, प्रेस स्वतन्त्रता मानव अधिकार सुशासन समावेशी लगायतका विषयमा गैरसरकारी संघसंस्थाहरुले पनि प्रभावकारी कामहरु गर्दै आएका मैले अनुभव गरेको छु ।’

    साथै उनले सबै संस्थाहरुभित्र पनि शुसासन, परदर्शिता, आर्थिक लोकतन्त्र मजबुत हुनुपर्ने बताए । उनले हाम्रा हिमालहरु नागिन थालेकोले यसको बारेमा पनि गैरसरकारी संघ संस्थाहरुले सामुदायिक सचेतनादेखी लिएर व्यक्तिगत पहलकदमी गर्न जरुरी रहेको जनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij