Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जबरजस्ती बन्ध्याकरण गराइएको २० वर्षपछि न्यायका लागि लडिरहेका महिला

जबरजस्ती बन्ध्याकरण गराइएको २० वर्षपछि न्यायका लागि लडिरहेका महिला

  • फाल्गुण २३, २०७७ आइतवार १६:२६ बजे
  • 660
    SHARES
  • जबरजस्ती बन्ध्याकरण गराइएको २० वर्षपछि न्यायका लागि लडिरहेका महिला

    लिमा । दक्षिण अमेरिकी मुलुक पेरूमा हजारौं गरिब तथा प्रायः आदिवासी महिलाहरूले आफूहरूलाई तत्कालिन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार नियोजन गर्न बाध्य बनाएको भनी परेको मुद्दाको शनिबारबाट अदालती प्रक्रिया सुरू भएको छ । अन्यायमा परेको बताउँदै न्यायका लागि २० वर्षदेखि आवाज उठाउँदै आएका ती गरिब आदिवासी समुदायका महिलाले लामो समयपछि अदालतमा सुनुवाई सुरू भएपछि न्याय पाउने आशा पलाएको बताएका हुन् । 

    पेरूका पूर्व राष्ट्रपति अल्बर्टो फुजीमोरीले २० वर्ष पहिले गरेको निर्णयका कारण आफूहरू बाँझोपनको शिकार बन्नु परेको दाबी गर्दै निर्णयकोविरुद्धमा गरिएको कार्यक्रमका सहभागी महिलाहरूले लामो पर्खाइपछि न्याय पाउने बताएका हुन् । कार्यक्रमका सहभागी तथा एक पीडित ग्लोरिया बासिलियो होयमानले भनिन्, ‘हामी न्यायको लागि २० बर्षभन्दा बढी पर्खाइमा रह्यौं । म चाहन्छु कि उनीहरूले हामीलाई पहिचान गरून् र बलपूर्वक परिवार नियोजनका लागि गरेको कार्यका लागि सबै महिलासँग माफी मागुन् ।’

    उनले भनिन, फूजिमोरीको कार्यकालको अन्त्यतिर भएको निर्देशन बमोजिम म २७ वर्षको हुँदा परिवार नियोजन कार्यक्रम अन्तर्गत मेरो र मजस्ता हजारौं महिलाहरूलाई झुक्याएर प्रजनन् नलीलाई बाँधेर नि ःसन्तान पार्ने काम भएको थियो । यो कार्यक्रम स्वेच्छिक हुनुपथ्र्यो । तर हजारौं महिलालाई तर्साएर दवावमा पारेर बन्ध्याकरण गराइएको थियो ।

    पेरूको एक अदालतले सन् १९९० देखि सन् २००० सम्म पेरूको राष्ट्रपति रहेका ८२ वर्षीय फुजिमोरीलाई विपक्षी बनाएर परेको मुद्दामाथि सोमबारदेखि सुनुवाई चलाएको छ । जबरजस्ती भनिएको प्राय आदिवासी सहभागी उक्त बन्ध्याकरण कार्यक्रममा दुई लाख ७० हजार महिलालाई सामेल गराइएको थियो ।

    हाल ४८ वसन्त पार गरेकी बासिलियोले भनिन्, ‘म अधिकारीहरूलाई न्याय दिनका लागि आग्रह गर्छ । हामी पेरूका जनता हौं र हाम्रो आर्थिक स्थिति कमजोर छ तर हामी गरिब होइनौं ।’ उनी स्पेनिसमा हुने अदालतको सुनुवाईको अनुवाद गर्न उनको एक अनुवादक प्रयोग गर्ने गरेकी छन् । 

    पेरुमा महिलाको अधिकारलाई सहयोग गर्ने गैर–सरकारी संस्थाले सहयोग गरेको न्यायका लागि गरिएको अभियानमा करिब दुई हजार महिलाहरू जोडिइसकेका छन् । अभियानका कारण अहिले मुद्दा अदालतमा सुनुवाईको प्रक्रियामा पुगेको छ । सरकारी तथ्यांक अनुसार उक्त बन्ध्याकरण शल्यक्रियाका कारण १८ महिलाले ज्यानसमेत गुमाएका थिए । फुजीमोरी र उनका तीन पूर्व स्वास्थ्य मन्त्रीहरूसहित सहयोगी प्रतिवादीहरूले जनताको जीवन र प्रजनन स्वास्थ्यसँग खेलवाड गरेको र यसबाट त्यो समूहमा परेको क्षतिको कुनै ख्याल नगरेको अभियोजक पाब्लो एस्पिनोजाले बताए । 
     
    पीडितहरूले सन् २००० देखि न्यायको लागि अवाज उठाईरहेका थिए । यसै अभियानलाई सहयोग गर्दै अदालतमा मुद्दा हाल्ने एस्पिनजो पहिलो वकील थिए । फुजीमोरी र उनका सहयोगी प्रतिवादीहरुलाई ‘जीवन र स्वास्थ्यमा क्षति पुर्याउने अप्रत्यक्ष अपराध, गम्भीर चोटपटक र गम्भीर मानव अधिकार उल्लंघन’ आरोप लगाइएको छ । बन्ध्याकरण गरेका केही महिलाहरुलाई परम्परागत माचो संस्कृति भएको देशमा उनीहरूका साझेदारहरूले उनीहरूलाई भिन्न (घृणा) को दृष्टिले हेर्ने गरेका छन् ।  

    ‘यो भएकोले म धेरै निराश हुन थालेको थिएँ। मेरो साथीले मलाई भने कि कसैले पनि मलाई खोज्नेछैन किनकि म एउटी महिला हुँ जसले मेरो कुनै बच्चा नभएकोले मेरो सेवा गर्दिन । उनले मलाई त्यागिन्,’ ४८ वर्षीया न्यान्सी सान्चेज गुरेरोले एएफपीलाई बताइन् । ‘यदि उनीहरू नसाबन्दी गर्न चाहन्छन् भने उनीहरूले हामीलाई सोध्नु पर्ने थियो, हामीलाई कुरा बुझाइदिनुपर्ने थियो र हरेक व्यक्तिले उसको निर्णय लिनुपथ्र्यो ।’

    सान्चेजले भनिन्, ‘फुजीमोरीले हामीसामु सार्वजनिक रूपमा माफी माग्नु पर्छ । उनी र उनका मन्त्रीहरूले यो बुझ्नु पर्छ कि उनीहरूले हामीमाथि अन्याय गरेको छ, हामी मानव हौं’, सान्चेजले थपिन् । पूर्व राष्ट्रपति फुजिमोरीले अहिले मानवता विरुद्धको अपराधको लागि २५ बर्षको जेल सजाय पाएका छन्, तर उनले कहिल्यै उक्त बन्ध्याकरण अभियानको लागि माफी मागेका छैनन् । 

  • सम्बन्धित विषय:

  • # पेरू
  • # बन्ध्याकरण

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij