Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

जाडोमा जनतालाई न्यानो बाँड्दै समाजसेवी साह

जाडोमा जनतालाई न्यानो बाँड्दै समाजसेवी साह

  • 218
    SHARES
  • जाडोमा जनतालाई न्यानो बाँड्दै समाजसेवी साह

    सर्लाही । मधेसमा केही दिन यता लगातार शीतलहर चलिरहेको छ । जाडोमा घाम नलाग्दा मधेसको जनजीवन कष्टकर बनेको छ ।

    शीतलहरका कारण अचानक बढेको जाडाेले नागरिक प्रभावित बनेपछि सर्लाहीमा भने एक जना समाजसेवीले आगो ताप्न दाउरा वितरण गरेका छन् । सर्लाही क्षेत्र नम्बर ३ का संविधानसभा सदस्य एवं समाजसेवी नरेन्द्र साहले सो क्षेत्रका गाउँ, टोल, चोक तथा चौतारामा आगो ताप्ने व्यवस्था मिलाएका हुन् ।

    Daura-Jado.jpg

    शीतलहर बढेर जनजीवन कष्टकर बनेपछि पूर्वसांसद साहले आफ्नो क्षेत्रमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइ दिएकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् । 

    जिल्लामा जुनसुकै संकट आइपर्दा सहयोग गर्दै आएका साहले जाडोमा आगो ताप्ने व्यवस्था मिलाएर धेरै ठूलो गुन लगाएको स्थानीयको भनाइ छ ।

    Daura.jpg

    साहले जनतालाई दुःख पर्दा जनताको साथमा रहनु नै आफ्नो कर्तव्य भएको प्रतिक्रिया दिए । आफ्नो सहयाेगले जाडोबाट थोरै भए पनि जनताले राहत महसुस गर्न पाउँदा आफूलाई पनि सुखद अनुभुति भएको उनले बताए । जाडोबाट कठ्याँग्रिएर कसैले पनि मर्ने अवस्था नआओस् भन्ने उद्देश्यले दाउरा वितरण गरेको उनी बताउँछन् । 

    नरेन्द्र साहले सांसद हुँदा पनि र नहुँदा पनि वास्तविक जनप्रतिनिधिको भूमिका निर्वाह गरेको भन्दै स्थानीयले उनको कामको प्रशंसा गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij