Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सन्दीप लामिछानेले लेखे भावुक स्टाटस

सन्दीप लामिछानेले लेखे भावुक स्टाटस

  • 143
    SHARES
  • सन्दीप लामिछानेले लेखे भावुक स्टाटस

    काठमाडौं । नेपाली किक्रेटर सन्दीप लामिछानेको फेसबुक पोष्टले यतिवेला आम खेलप्रेमीबीचमा कौतुहलता ल्याएको छ । मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

    लामिछानेले गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर लामिछानेले गएराति ११ बजे सामाजिक सञ्जालमा गरेको पोस्टले यतिबेला धेरैको ध्यान तानेको छ ।

    लामिछानेले लेखेका छन्, ‘यी सबै कुराको लागि सबै जनालाई धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैँ मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । तपाईँहरुको यो माया र हौसला मेरा लागि सबथोक हो । जसले सधैँभरि मेरो हृदयमा विशेष स्थान बनाइरहनेछ ।’

    अंग्रेजी भाषामा सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले नेपालका आफ्ना समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । कतिपयले यसलाई सन्दीपले खेलबाट सन्यास लिन लागेको अड्कलबाजी पनि लगाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij