Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

शेखर कोइरालाले बेलायतको संसद भवनमा हुने कार्यक्रममा सम्बोधन गर्ने

शेखर कोइरालाले बेलायतको संसद भवनमा हुने कार्यक्रममा सम्बोधन गर्ने

  • 149
    SHARES
  • शेखर कोइरालाले बेलायतको संसद भवनमा हुने कार्यक्रममा सम्बोधन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायतको संसद (वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्वोधन गर्न लागेका हुन् ।

    संसदको त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने छ । नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् ।

    बेलायतको संसद भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई संवोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij