Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भारतसँग सातामा तीन उडान गर्ने मन्त्रिपरिषद्‌को निर्णय

भारतसँग सातामा तीन उडान गर्ने मन्त्रिपरिषद्‌को निर्णय

  • 461
    SHARES
  • भारतसँग सातामा तीन उडान गर्ने मन्त्रिपरिषद्‌को निर्णय

    काठमाडौं । सरकारले भारतसँग सातामा तीन उडान गर्ने निर्णय गरेको छ । यसअघि कोरोना भाइरस संक्रमणपछि हाल भारतसँग सातामा एक मात्र उडान हुँदै आएको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँगको उडान संख्या बढाउने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् बैठकले कोरोना विरुद्धको खोप उपलब्ध गराउने देशलाई धन्यवाद दिने निर्णय समेत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । 

    त्यस्तै, सरकारले साउन ६ गते बकर इदको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण एवम् व्यवस्थापन ऐनअन्तर्गत  मेलम्ची र मनाङलाई  विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij