एजेन्सी– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर आच्रफ हाकिमीलाई कोरोना संक्रमण भएको छ। हालै इन्टर मिलानबाट पीएसजीमा अनुबन्ध भएका हाकिमीमा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रि–सिजनको तयारी अन्तर्गत चाम्ब्ली एफसीसँगको मैत्रीपूर्ण खेल अघि परिक्षण गर्दा हाकिमीलाई कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिएपछि हाकिमी सेल्फ आईसोलेसनमा बसेका छन्। हाकिमीलाई दोस्रो पटक कोरोनाको संक्रमण देखिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij