काठमाडौं– नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो ।
साँझ ४ बजे बस्ने दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक अघि एमालेको स्थायी समिति बैठक बस्न लागेको हो। प्रतिनिधिसभाको यो कार्यकालमा एमाले आज पहिलो पटक प्रतिपक्षीको बेन्चमा बस्न लागेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेको अवस्था र संसद पुनर्स्थापना भैसकेपछि पार्टीभित्र देखिएको समस्याको विषयमा छलफललाई निरन्तरता दिन बैठक बोलाइएको हो ।
शुक्रबा बसेको स्थायी कमिटीले एमालेको भूमिका प्रतिपक्षका रुपमा हुने र सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
एमालेले सोमबारका लागि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । केन्द्रीय कमिटी बैठक पनि तुल्सीलाल स्मृति प्रतिष्ठानमै बस्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij