Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

ग्रानडाले भित्र्यायो बार्सिलोनाका मोन्चु  

ग्रानडाले भित्र्यायो बार्सिलोनाका मोन्चु  

  • श्रावण ३, २०७८ आइतवार ०७:५५ बजे
  • 442
    SHARES
  • ग्रानडाले भित्र्यायो बार्सिलोनाका मोन्चु  

    एजेन्सी – स्पेनिस क्लब ग्रानडाले बार्सिलोनाका स्पेनिस युवा मिडफिल्डर मोन्चु रोड्रिग्वेजलाई अनुबन्ध गरेको छ। बार्सिलोनाको एकेडेमी ला मासियामा हुर्किएका २१ बर्षीय मोन्चुलाई ग्रानडाले फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न सफल भएको हो ।

    सन् २०१२ मा बार्सिलोनाको एकेडेमी ला मासियामा आएका थिए । त्यसअघि उनी २००७ देखि मलोर्कामा रहेका थिए ।

    मोन्चुले १७ वर्षको उमेरमा बार्सिलोनाको ‘बी’ टोलीमा डेब्यु गरेका थिए । मोन्चुले ८ वर्ष ला मासियामा बिताएका थिए। मोन्चुले बार्सिलोनाको ‘बी’ टिमबाट ६३ खेलमा ११ गोल गरेका छन्।

    उनले सन् २०२० अगस्टमा च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा नेपोलीविरुद्धको खेलमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए ।

    त्यसपछि उनी २०२०–२१ को सिजनमा सेगुन्डा डिभिजन क्लब जिरोनामा लोनमा पुगेका थिए । उनले जिरोनाबाट गत सिजन ३९ खेल खेल्दै ३ गोल गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij