वेबटिभी खबर
काठमाडौं । पाल्पाको तानसेन नगरपालिका–१२ मा एउटा चितुवा मृतअवस्थामा फेला परेको छ । चण्डीभन्ज्याङ्ग–जोर्ते सडकको नालीमा सोमबार चितुवा मृतअवस्थामा फेला परेको हो ।
डिभिजन वन कार्यालयका अनुसार चितुवाको मृत्युको कारण खुलेको छैन । उक्त चितुवालाई डिभिजन वन कार्यालय, प्रहरी, सामुदायिक वन, वडा कार्यालयका जनप्रतिनिधि र स्थानीयको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा गाडिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij