Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जग्गा आवास सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

जग्गा आवास सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

  • 139
    SHARES
  • जग्गा आवास सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

    काठमाडौं । शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । शहरी विकास मन्त्रालयका भवन,आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा कार्यदल गठन भएको हो ।

    कार्यदललाई जग्गा आवास विकाससँग सम्बन्धित व्यवस्थाहरु अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई गर्नुपर्ने सुधारसहितको प्रतिवेदन एक महिनाभित्र पेश गर्ने जिम्मेवारी तोकिएको छ । कार्यदलमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितिका आयोजना निर्देशक नारायण भण्डारी, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारी, नेपाल जग्गा तथा आवास विकास महासंघा २ जना प्रतिनिधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव र सदस्य सचिवका रुपमा शहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय कार्यान्वयन इकाईएका आयोजना निर्देशक प्रकाश अर्याल छन् ।

    नेपाल जग्गा तथा आवास विकास महासंघले ०८१ साउन ११ गते संघ, प्रदेश र स्थानीय तहको भूमिका प्रष्ट गर्दै व्यवस्थित र वैज्ञानिक शहरीकरणको विकासमार्फत सामाजिक आर्थीक समृद्धिमा टेवा पुर्‍याउन शहरी पूर्वाधार तथा सेवाको विकाससम्बन्धि एकीकृत ऐन जारी गर्न, व्यवस्थित घरघडेरी विकास निर्माण का लागि घर तथा आवास भवन समेतलाई  पूर्वाधार निर्माण उद्योगको रुपमा स्विकारेकाले यो क्षेत्रलाई अन्य उद्योगले पाए सरह सुविधा दिन सुझाव दिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij