Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कर्णाली प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन सुरु

कर्णाली प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन सुरु

  • 136
    SHARES
  • कर्णाली प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन सुरु

    कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आजदेखि ‘प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन सुरु भएको छ ।

    सार्वजनिक शिक्षा सुधारको कार्ययोजना निर्माणका लागि सुरु भएको सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले आफू नेतृत्वको सरकारले लिएको जिम्मेवारी  पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    ‘कर्णाली प्रदेशको शैक्षिक अवस्था सुधारका निम्ति प्रदेश सरकार लागिरहेको छ’, उनले भने, ‘सम्मेलनबाट औँल्याइएका प्रदेश सरकारका कमजोरीलाई सुधार गर्न हामी प्रतिबद्ध छौँ ।’

    यसका लागि सरकारी तथा गैरसरकारीलगायत सरोकारवाला सबैको ऐक्यबद्धता र सहयोग आवश्यक रहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

    सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विद्यालयको शैक्षिक सुधारका गतिविधि प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘विद्यालय क्षेत्रमा हुने राजनीतिक गतिविधिका कारण शैक्षिक अवस्था धमिलिएको छ । यस्ता गतिविधि रोक्नुपर्दछ ।’

    सम्मेलनमा शिक्षासँग सरोकार राख्ने कर्णाली प्रदेशका विकास साझेदार संस्थाको सहभागीता छ ।

    शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij