Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चट्याङ लागेर एकको मृत्यु एक घाइते

चट्याङ लागेर एकको मृत्यु एक घाइते

  • 91
    SHARES
  • चट्याङ लागेर एकको मृत्यु एक घाइते

    चितवन । जिल्लाको कालिका नगरपालिका-१० स्थित पाईमराङमा आज दिउँसो परेको चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चट्याङ लागेर पाईमराङका ५० वर्षीय दिलबहादुर प्रजाको मृत्यु भएको छ । 

    घरदेखि एक किलोमिटर पूर्वतर्फ आफन्तको घरमा गएको बेलामा आज दिउँसो ३ बजे उनलाई चट्याङ लागेको थियो । त्यसैगरी सोही चट्याङ लागेर सोही स्थानकी २४ वर्षीय सरिता चेपाङ घाइते भएको यादवले जानकारी दिए ।

    घाइते चेपाङको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको छ । घाइते चेपाङको उपचारको लागि भरतपुर अस्पताल लगिएको छ ।

  • सम्बन्धित विषय:

  • # घाइते

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij