Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु

नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु

  • 432
    SHARES
  • नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु

    सर्लाही । सर्लाहीको ब्रह्मपुरीमा आज बिहान पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ । ब्रह्मपुरी गाउँपालिका–२ का ६ वर्षीय बालक अंकित साहको डुबेर मृत्यु भएको हो ।

    घर नजिकैको रामजानकी मठको पोखरीमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ । बालकको शव गाउँलेले पोखरीबाट निकालेका थिए । बालक डुबेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

    घटनास्थलको प्रकृति मुचुल्का गरी बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij