वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् । मुलुकको अर्थतन्त्र उकास्न सरकार प्रयासरत रहेको पनि प्रधानमन्त्री देउवाको भनाइ छ ।
बिहीबार सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग भेट गर्दै प्रधानमन्त्री देउवाले मुलुकको विकासमा निजी व्यवसायीको भूमिका महत्वपूर्ण रहेको भन्दै कोरोनाका कारण निजी उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् ।
महासंघले ल्याएको भिजन पेपरमा पनि प्रधानमन्त्री देउवाले चासो देखाएका छन् । निजी व्यवसायीहरुको समस्या समाधानका लागि आगामी दिनमा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।
गोल्छाले अहिलेको विषम परिस्थीतिमा नेपालको आपूर्ति व्यवस्थालाई सहज पार्न निजी व्यवसायीको भूमिका अपरिहार्य रहेकाले खोपको व्यवस्था गरिदिन आग्रह गरिएको बताए ।
नवनियुक्त प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन साथै देशको अर्थतन्त्र सुधारका सन्दर्भमा छलफल गर्न आफुहरुले प्रधानमन्त्रीसमक्ष भेट गरेको गोल्छाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij