वेबटिभी खबर
ब्राजिलिया । ब्राजिलमा कोरोना भाइरसविरूद्धको खोपमा भएको प्रगति र खोप अभियानको सफलतासँगै कोभिड अस्पताल भर्ना र संक्रमणका कारण हुने मृत्युदरमा कमी आएको ‘ओभरवाल्डो क्रुज फाउन्डेशनले बिहीबार जानकारी गराएको छ ।
महामारीको बारेमा साप्ताहिक बुलेटिनमा संघीय अनुदान प्राप्त स्वास्थ्य अनुसन्धान सेवाले डिसेम्बरदेखि पहिलोपटक कुनै ब्राजिलको कुनै पनि राज्यमा रहेका कोभिड अस्पतालमा ९० प्रतिशतभन्दा बढी सेवाग्राही नपुगेका बताइएको छ । यद्यपि चार राज्यहरूलाई भने अझै खतरामुक्त क्षेत्र घोषणा गरिएको छैन । ती अस्पतालमा अझै पनि ८० प्रतिशतभन्दा बढी सघन उपचार कक्षले बिरामीलाई सेवा दिइरहेका छन् ।
‘खोप विशेष गरी गम्भीर अवस्थालाई रोकथाम गर्न प्रभावकारी देखिएको छ,’ फियोक्रुजले भने । उनले सामाजिक दूरीलाई निरन्तरता दिनु, मास्कको प्रयोग र स्वच्छताका उपायहरूमा जोड दिँदै सम्पूर्ण जनतालाई खोप लगाउन आग्रह गरे ।
‘उपलब्ध खोपहरूको प्रभावकारिता कम गर्ने सम्भाव्यतासहित भेरियन्ट्सको उदय हुने सम्भावना अझै छ यसलाई बेवास्ता गर्न सकिँदैन । त्यसैले अझै स्वास्थ्य सुरक्षाका उपायलाई अबलम्बन गर्नु कोभिड नियन्त्रणका लागि आवश्यक हुनेछ ।’ सरकारद्वारा उपलब्ध गराइएको तथ्यांक अनुसार लगातार तेस्रो हप्तासम्म कोभिड–१९ का कारण भएका मृत्युदर र संक्रमणका घटनामा कमी देखिएको छ । यद्यपि तिनीहरू उच्च रहेका छन् ।
गत हप्ता औसतमा कोभिडका कारण एक हजार ३ सयको मृत्यु भएको र ४६ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ । ब्राजिलमा अहिले पनि मृत्यु दर तीन प्रतिशतको हाराहारीमा रहेको छ । यो मृत्युदरलाई उच्च मानिन्छ । ब्राजिलमा अहिलेसम्म संक्रमितको संख्या एक करोड ९० लाख रहेको छ भने पाँच लाख ३५ हजार संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
ब्राजिलमा भारतबाट खोप किन्ने सम्झौता स्थगित
ब्राजिलमा ४१ लाखले खोपको दोस्रो डोज लगाएनन्
ब्राजिलमा भारतीय कोरोना खोप खरिदमा विवाद
ब्राजिलमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या झन् बढ्यो
ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij