Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

१० दिनदेखि लगातार बाडुल्की लागेपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

१० दिनदेखि लगातार बाडुल्की लागेपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

  • 662
    SHARES
  • १० दिनदेखि लगातार बाडुल्की लागेपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

    काठमाडौं । ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोलाई १० दिनदेखि लगातार बाडुल्की लागेपछि अस्पताल भर्ना भएका छन् । राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार उनको आकस्मिक शल्यक्रियासमेत गर्नुपर्ने हुन सक्ने बताइएको छ । उनको आन्द्रा केही अवरुद्ध भयो कि भनेर परीक्षण गराउन ब्राजिलियाबाट साओ पाउलोको एक अस्पतालमा सारिएको छ ।

    लगातार कुक्क-कुक्क भएर बाेल्न समस्या भएपछि बुधबार उनलाई ब्राजिलियास्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो । बोल्सोनारोको नियमित चिकित्सक डाक्टर एन्टोनियो लुइज माकेडोले बोल्सोनारोलाई थप उपचारका लागि साओ पाउलो लैजानु पर्ने बताएपछि त्यहाँबाट सारिएको हो । बोल्सोनारोका छोरा फ्लाभियोले सिएनएनसँग कुरा गर्दै ब्राजिलियामा उनको पेटमा भरिएको पानी निकाल्न सामान्य शल्यक्रिया गर्नुपरेको बताएका छन् ।  

    ब्राजिल सरकारका एक वरिष्ठ अधिकारीले बोल्सोनारोलाई निन्द्राको औषधि दिएर साओ पाउलोको अस्पताल लगिएको जानकारी दिएका छन् । अस्पतालको श्ययाबाट बोल्सोनारोले तस्बिरसहित ट्विट गर्दै लेखेका छन्, ‘छिट्टै ठिक भएर फर्किनेछु ।’

    ६६ वर्षीय बोल्सोनारोलाई राष्ट्रपतीय निर्वाचनको प्रचारका क्रममा सन् २०१८ मा चक्कु आक्रमण गरिएको थियो । यसपछि उनको पेटमा गम्भीर चोट लागेको थियो । चक्कु आक्रमणबाट घाइते भएका बोल्सोनारोको शरीरबाट ४० प्रतिशत रगत बगिसकेको थियो । त्यसयता उनले कैयौंपटक शल्यक्रिया गराइसकेका छन् । 

    कोरोना भाइरसको महमारीलाई गम्भीर रुपमा नलिएको र उचित व्यवस्थापन गर्न नसकेको भन्दै बोल्सोनारोको आलोचना भइरहेको छ । यही महिनाको सुरुवातमा ब्राजिलमा राष्ट्रपतिविरुद्ध विशाल प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले बोल्सोनारोले भारतबाट खरिद गर्न लागेको खोपमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । 

    ब्राजिलमा भारतबाट खोप किन्ने सम्झौता स्थगित ब्राजिलमा भारतबाट खोप किन्ने सम्झौता स्थगित ब्राजिलमा भारतीय कोरोना खोप खरिदमा विवाद  ब्राजिलमा भारतीय कोरोना खोप खरिदमा विवाद  ब्राजिलमा राष्ट्रपतिविरुद्ध देशभर प्रदर्शन  ब्राजिलमा राष्ट्रपतिविरुद्ध देशभर प्रदर्शन 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij