Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेपालमा दक्षिण एशियाको राजनीतिकद्वन्द्वको प्रभाव पर्न थाल्यो, सचेत हुनुपर्छ : नेता कोइराला

नेपालमा दक्षिण एशियाको राजनीतिकद्वन्द्वको प्रभाव पर्न थाल्यो, सचेत हुनुपर्छ : नेता कोइराला

  • 142
    SHARES
  • नेपालमा दक्षिण एशियाको राजनीतिकद्वन्द्वको प्रभाव पर्न थाल्यो, सचेत हुनुपर्छ : नेता कोइराला

    काठमाडौं । नेपाली कांग्रेस नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दक्षिण एशियाको राजनीतिक द्वन्द्वको प्रभाव नेपालमा समेत परेको उल्लेख गरे । उनले मुलुक नसोचिएको संकटतर्फ जाने होकी भनेर सचेत हुनुपर्ने बेला आएको बताएका छन ।

    आइतबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै डा. कोइरालाले राष्ट्रियता र लोकतन्त्र कमजोर हुँदा घरेलु प्रतिकृयावादी मात्र नभई अन्तर्राष्ट्रिय शक्ति केन्द्र समेत रजाँई गर्न पछि नपर्ने हुँदा कांग्रेस यसमा गम्भीर हुनुपर्ने बताए ।

    डा. कोइरालाले भने, ‘दक्षिण एशियाको राजनीतिक द्वन्द्वले नेपाल र नेपालीको मनोभावमाथि प्रभाव परेको म बुझ्द छु । यसमा केन्द्रिय कार्यसमिति गम्भीर हुनुपर्छ । मुलुक नसोचिएको संकटतर्फ जाने हो की भन्ने चिन्ता सबै नेपालीमा छाएको छ । राष्ट्रियता र लोकतन्त्र कमजोर हुँदा घरेलु प्रतिकृयावादी मात्र होइन अन्तराष्ट्रिय शक्ति केन्द्रले पनि हामी माथि रजाँई गर्न पछि पर्दैनन् ।’

    नेता र राजनीति प्रती जनताको वितृष्णा बढ्दै गइरहेको उल्लेख गर्दै कोइरालाले  राजनीतिक दल, नेता, प्रणाली र संविधानमाथि नै जनता असन्तुष्ट रहेको जनाए । नेता कोइरालाले वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएको उल्लेख गर्दै सरकारले संविधान संशोधनमार्फत देशमा राजनीतिक स्थायित्व दिनुपर्ने बताए ।

    वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली काँग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेको भएपनि व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरू छनौटले सुशासनलाई जिस्काईरहेको उनको धारणा थियो ।

    ‘वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रकिया अगाडि बढाउँने हो । निसन्देह दुई ठूला दल मिल्नुको औचित्य संविधान संशोधन लगायत साझा राष्ट्रिय कार्य सूची बनाएर जनभावनाअनुसार कार्यान्वयनमा लैजान सक्दा आम जनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संविधान आम नेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रकृया अगाडि बढाउँदा संविधानको स्विकारोक्तिमा आम नेपाली भावना जोडिनुपर्छ । त्यस्तै, साझा राष्ट्रिय कार्य सूची बनाउँदा नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा भएका प्रतिवद्धताहरूलाई बिर्सन मिल्दैन । दुई ठूला दल मिलेर बनेको सरकार वर्तमान परिस्थितिमा संसदीय गणितको घमण्ड र राजनीतिक आग्रह र पूर्वाग्रहमा अल्झेर होइन सोझै जनताप्रति उत्तरदायी हुन सक्दा मात्र अहिले देखिएका अनेकन लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्न सकिन्छ,’ उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij