वेबटिभी खबर
काठमाडौं । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । आजको बैठकले पुनःस्थापित प्रतिनिधिसभा वैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्ने बुझिएको छ ।
सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गरी ७ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेपछि सरकारले बैठक बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न लागेको हो ।
प्रधानमन्त्रीमा देउवा नियुक्त भएपछि यसअघि मंगलबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij