Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

महिला भलिबल : फाइनलका लागि इरानविरूद्ध भिड्दै नेपाल

महिला भलिबल : फाइनलका लागि इरानविरूद्ध भिड्दै नेपाल

  • 108
    SHARES
  • महिला भलिबल : फाइनलका लागि इरानविरूद्ध भिड्दै नेपाल

    काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स कपको फाइनलमा पुग्न नेपालले आज इरानसँग भिड्दैछ । 
    नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार हुने दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ ।

    इरानसँग लिग चरणमा भोगेको हारको बदला लक्ष्यसहित नेपाल मैदान प्रवेश गर्नेछ । आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको थियो ।

    प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिस र डिफेन्समा गल्ती गर्दा लिगमा नै पहिलो हार व्यहोरेको थियो । उता इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोराउने प्रयासमा हुनेछ ।

    त्यस्तै, आजै हुने अर्को सेमिफाइनल खेलमा भारत र श्रीलंका भिड्दैछन् । सो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । 

  • सम्बन्धित विषय:

  • # इरान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij