वेबटिभी खबर
काठमाडौं । कर्णाली प्रदेशका चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन । नेपाली कांग्रेस सरकारमा सहभागी भएका मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका हुन ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बनेका छन ।
कांग्रेसबाट चार मन्त्री नियुक्त गरेका थिए । उनीहरूले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij