वेबटिभी खबर
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन । कँडेलले साउन २१ गते सोमबार संसद्बाट विश्वासको मत लिने भएका हुन ।
त्यसका लागि उनले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कँडेलले शनिबार पत्र दर्ता गराएका हुन । उनले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij