वेबटिभी खबर
चितवन । भरतपुर अस्पतालमा एमआरआई सेवा बन्द भएको छ । केही साता अगाडि जोडिएको एमआरआई मेसिनको एमप्लिफायर चट्याङ परेर कारण बिग्रिएपछि सेवा बन्द भएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलका अनुसार अनुसार १६ गते परेको चट्याङले मेसिनमा जडान गरिएको एमप्लिफायर बिग्रिएको थियो । अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेलले चट्याङले बिग्रिएको सामान जर्मनीबाट मगाउनु पर्ने बताए ।
‘जर्मनीबाट सामानको अर्डर भैसकेको भन्ने सुनेको छु, केही दिनमा नै नेपाल आउने र जडान गर्ने भन्ने सूचना छ,’ डा पौडेलले भने, ‘चाँडै नै सेवा पुनः सुचारु हुने विश्वासमा छौं ।’अस्पतालमा एमआरआई सेवा बन्द हुँदा बिरामीलाई समस्या भएको छ ।
अस्पतालमा दैनिक १४/१५ जना बिरामीको एमआरआई हुँदै आएको छ । जर्मनीमा बनेको सिमेन्स कम्पनीको ‘थ्री टेस्ला ६४ च्यानल’को सो मेसिन गत जेठ २३ गते अस्पतालमा ल्याइएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij