वेबटिभी खबर
काठमाडौं । अविरल वर्षाको कारण काठमाडाैंकाे किर्तिपुर नगरपालिका-१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा आएको बाढीमा फसेका १५ जनालाई नेपाल सशस्त्र प्रहरीकाे टाेलीले उद्दार गरेकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट खटिएको सुरक्षा टाेलीले उद्दार गरेको हाे । अबिरल वर्षाको कारण बाढीमा फसेको खबर पाएपछी बुधबार बिहान ५ः०० बजे सो गणबाट उद्दार टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार उनीहरलाई ट्युब तथा डोरिको सहायताले उद्दार गरि सुरक्षित स्थानमा ल्याइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij