Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

  • 198
    SHARES
  • सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

    बाँके । साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ ।

    नेपालगञ्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त  मन्दिर पुग्न करिब ६ किलोमिटर जंगलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । सन्तानेश्वरमा पूजाआजा गर्नेको भीड लाग्ने गरेको छ ।

    हिजो सोमबार बाँके, बर्दिया, दाङलगायत भारतबाट पजि भक्तजन आएका मुख्य पुजारी योगानन्द गिरीले जानकारी दिए । धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सन्तानेश्वर पुग्ने सडक सहज नहुँदा समस्या भएको नरैनापुरका सोहनलाल यादवले बताए ।

    पहाडको माथिल्लो भागमा रहेको मन्दिरबाट जंगलका साथै मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ । यसैबीच, बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सन्तानेश्वरमा धार्मिक पर्यटन प्रवर्द्धधनका निम्ति हरसम्भव काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागीश्वरी र नरैनापुरको सन्तानेश्वर महादेवलाई जोडेर धार्मिक पर्यटन क्षेत्र बनाउन आफू क्रियाशील रहेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij