वेबटिभी खबर
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा नजाने जनाएका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारी नहुने बाइडेनले बताएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत बाइडेनले अमेरिकी नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति चुनावको उम्मेदवारमा आफ्नै पार्टीका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका जनाएका छन् ।
८१ वर्षीय बाइडेन हाल कोभिड संक्रमणको उपचार गराइरहेका छन् । बाइडेनको उमेर र स्वास्थ्यलाई लिएर स्वयं उनकै पार्टीभित्र पनि प्रश्न उठ्दै आएको थियो ।
उनले आफ्नो निर्णयबारे जानकारी दिन आउने साता राष्ट्रका नाममा सम्बोधन गर्नेसमेत जनाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij