Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कांग्रेसबाट बागमतीको मुख्यमन्त्रीमा लामाको नाम तय

कांग्रेसबाट बागमतीको मुख्यमन्त्रीमा लामाको नाम तय

  • 128
    SHARES
  • कांग्रेसबाट बागमतीको मुख्यमन्त्रीमा लामाको नाम तय

    मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकातर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामाको नाम तय भएको छ ।

    प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि मुख्यमन्त्रीमा चाहाना देखाएपछि केही समय अन्योल भए पनि आज बिहान हेटौँडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । लामा संसदीय दलको नेता हुन । बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन् ।

    प्रदेश सभापति एवं सांसद बानियाँले संविधानको धारा १६८ (२) अनुुसार दलको नेताबाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्थाअनुसार पनि मुख्यमन्त्रीका लागि आकांक्षा राखेका थिए ।

    कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यता नेकपा एमाले र राप्रपाले समेत विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij