Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

उपसभामुखले राजीनामा दिनुपर्छ : रामहरि खतिवडा

उपसभामुखले राजीनामा दिनुपर्छ : रामहरि खतिवडा

  • 296
    SHARES
  • उपसभामुखले राजीनामा दिनुपर्छ : रामहरि खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिएर छानविनमा सघाउन माग गरेका छन् । 

    प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले उपसभामुखले कार्यालय र संसद्लाई भिसा सहजिकरणको कन्सल्टेन्सी बनाएको भन्दै राजीनामाको माग गरेका हुन् । 

    उनले भने, ‘भिसा सहजिकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद् हुन सक्दैन । कन्सल्टेन्सी जस्तो नबनाइयोस् । चिन्दै नचिनेको मान्छेको सिफारिस कसरी गरियो ? छानविन हुनुपर्छ ।’

    केही दिन अगाडि उपसभामुखले पाँच जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न लेखेको पत्र सार्वजनिक भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij