Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अर्थमन्त्री शर्माले पदभार ग्रहण गर्दै कोरोनाविरुद्ध खोपका लागि ५ अर्ब निकासा गरे 

अर्थमन्त्री शर्माले पदभार ग्रहण गर्दै कोरोनाविरुद्ध खोपका लागि ५ अर्ब निकासा गरे 

  • 641
    SHARES
  • अर्थमन्त्री शर्माले पदभार ग्रहण गर्दै कोरोनाविरुद्ध खोपका लागि ५ अर्ब निकासा गरे 

    काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ दिने सहमति प्रदान गरेको छ । 

    बुधबार सिंहदरबारमा पदभार गर्दै नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ दिने सहमति सम्बन्धी निर्णय गरे ।

    अर्थमन्त्री शर्माले कोभिड–१९ नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निर्णय गरेका हुन् ।  पदवाहालीपछि उनले कोरोना रोकथाम तथा नियन्त्रण र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क गर्ने सरकारको प्राथमिकता रहेको भन्दै त्यसका लागि दत्तचित्त भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

    अर्थमन्त्री शर्माले कोरोनाले थिलथिलो पारेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्रसँगसँगै अगाडि बढ्ने बताए । गरीब, पछाडि परेका, सीमान्तकृत नागरिकको समस्या समाधान हुने गरी आर्थिक नीति बनाउनुपर्ने उनले स्पष्ट पारे ।

    यसअघि शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मंगलबार नै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने पहिलो निर्णय गरेको थियो । सरकारले आगामी असोज मसान्तसम्म एक तिहाइ र चैत मसान्तसम्म खोप लगाउने उमेर समूहका सबै नागरिकलाई खोप दिने लक्ष्य लिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij