Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

  • 136
    SHARES
  • म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

    म्याग्दी । म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट छ सय ९८ घरमा खानेपानीको पहुँच पुगेको  हो ।

    प्रदेश सरकारबाट प्राप्त ३४ र सङ्घीय सरकारबाट प्राप्त आठवटा खानेपानी योजना सञ्चालन भएकामा यस वर्ष खानेपानीका ट्यांकी निर्माण, पाइप लाइन विस्तार र मिटर जडानका काम भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवशंकर शाहले जानकारी दिए ।

    उनका अनुसार गत आवमा विभिन्न सात खानेपानी योजना सम्पन्न भएर दुई सय नौ घरमा खानेपानीको मिटर जडान गरिएको छ । घोडेपानी खानेपानी, तोरीपानीको खसपधेरा खानेपानी, डम्मरा खानेपानी, रणबाङ खानेपानी, तुसारेपानी खानेपानी, सिजलगाउँ चुनेपानी खानेपानी योजनाको निर्माण सम्पन्न भएर मिटर जडान गरी घरघरमा खानेपानीको पहुँच पुर्याइएको कार्यालयले जनाएको छ ।

    कार्यालयले सञ्चालन गरेका खानेपानी योजनामा एक वर्षको अवधिमा २८  इन्टेक, १६  संकलन चेम्बर, ११  वितरण चेम्बर, चार बिटिसी चेम्बर र २४  पानी संकलन ट्यांकी निर्माण भएको छ ।

    एक वर्षमा कुल २७ दशमलव ६७ प्रतिशत किलोटिमर मुख्य पाइप लाइन र ४९ दशमलव ७१ किलोमिटर वितरण पाइप लाइन निर्माण भएको कार्यालयका सबइन्जिनियर धनेश शाहले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # म्याग्दी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij