Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाढीपहिरोमा बेपत्ता भएका नागरिकको छिटो खोजी र उद्धार गर्न नेता कोइरालाको माग

बाढीपहिरोमा बेपत्ता भएका नागरिकको छिटो खोजी र उद्धार गर्न नेता कोइरालाको माग

  • 143
    SHARES
  • बाढीपहिरोमा बेपत्ता भएका नागरिकको छिटो खोजी र उद्धार गर्न नेता कोइरालाको माग

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण बाढी–पहिरोमा परी बेपत्ता भएका नागरिकको छिटो खोजी गर्न माग गरेका छन ।

    आज विज्ञप्ति जारी गरी नेता डा कोइरालाले बाढीपहिरोबाट देशका विभिन्न स्थानमा जनधनको क्षति भएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितको उद्धार र व्यवस्थापन तथा बेपत्ताको खोजीकार्यमा तीनवटै तहका सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गरे ।

    प्राकृतिक प्रकोपको समयमा उद्धारमा जुट्न कांग्रेसका सबै तहका नेता, कार्यकर्तालाई समेत उनले आग्रह गरेका छन । बाढीपहिरोमा परी मृत्यु हुने सबैप्रति डा कोइरालाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij