Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सर्रे खोलामा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार

सर्रे खोलामा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार

  • 160
    SHARES
  • सर्रे खोलामा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार

    सिरहा । सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन ।

    कार्यालय जाने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक आएको बाढीमा चौधरी फसेका र्थि । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार खबर पाउनासाथ तुरुन्तै प्रहरी घटनास्थलमा पुगी दुई घण्टाको प्रयासपछि उनलाई सकुशल उद्धार गरिएको हो ।

    उद्धार कार्यमा स्थानीयवासीका साथै सशस्त्र प्रहरीले सहयोग गरेको थियो । लामो समयदेखिको अविरल वर्षाले आएको बाढीका कारण लहान–२४ स्थित सर्रे खोला र आसपासका बस्तीहरु बाढीको उच्च जोखिममा रहेका भन्दै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिए ।

    यो खोलामा पुल निर्माण नहुँदा झुटकी, खेस्राहा, डाँडाटोल, सुन्दरपुर, रन्हालगायत स्थानीयहरू मारमा परेका छन् । बाढी आउँदा गाउँको आवतजावत ठप्प हुने गरेको छ । २६ करोड लागतमा दुई वर्षभित्र सम्मन्न गरिसक्ने गरी पुलको ठेक्का सम्झौता भए पनि काम सुरु हुन नसकेको वडा नं २४ का वडाअध्यक्ष रायले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij