Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एक लाख पुरस्कार घोषणा गरिएका अपराधीको भिडन्तमा मृत्यु

एक लाख पुरस्कार घोषणा गरिएका अपराधीको भिडन्तमा मृत्यु

  • 133
    SHARES
  • एक लाख पुरस्कार घोषणा गरिएका अपराधीको भिडन्तमा मृत्यु

    नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बदलापुरको शाहपुर गौशाला नजिक मंगलबार बिहान भएको भिडन्तमा एक कुख्यात अपराधीको मृत्यु भएको छ ।

    भिडन्तमा ३५ वर्षीय सुमितकुमार सिंह उर्फ मोनु चवन्नी मारिएको त्यहाँका प्रहरी अधिकारीले बताएका छन् । उनीमाथि एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो । भिडन्तमा क्रममा उनका केही साथीहरू भाग्न सफल भएका थिए ।

    प्राप्त सूचनाहरूको आधारमा सुरक्षाकर्मीको टोलीले वाराणसी लखनउ राष्ट्रिय राजमार्गको बदलापुरको सरोखानपुरमा शंकास्पद सवारी साधन र व्यक्तिहरूको जाँच थालेका थिए । सोही क्रममा एउटा बोलेरो जीप तीव्र गतिमा सुरक्षा घेरा तोडेर भाग्यो । जिपबाट गोली चलाउँदै उनीहरु भागेका थिए । उनीहरूले भगाएको गाडि शाहपुरमा नै गाई गोठ नजिकै माटोको दलदलमा फँसेको थियो ।

    लखट्दै गएको प्रहरीमाथि जिपमा रहेका उनीहरूले गोली चलाउन थाले । दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएको हो । मृतकका अन्य साथीहरू भने भाग्न सफल भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । जिपबाट प्रहरीले एउटा एके ४७ राइफल, ९ एमएमको पेस्तोल, गोली र कारतुस फेला पारेको छ ।

  • सम्बन्धित विषय:

  • # भिडन्त

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij