Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

विद्युत प्राधिकरणको लापरबाहीले युवा इन्जिनियरको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही गर्न सांसदको माग  

विद्युत प्राधिकरणको लापरबाहीले युवा इन्जिनियरको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही गर्न सांसदको माग  

  • 182
    SHARES
  • विद्युत प्राधिकरणको लापरबाहीले युवा इन्जिनियरको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही गर्न सांसदको माग  

    काठमाडौं । विद्युत प्राधिकरणको लापरबाहीले युवा इन्जिनियरको असामयिक मृत्यु भएको विषय आज संसदमा उठेको छ ।

    सांसद अमरेश कुमार सिंहले आज संसदमा बोल्दै असार ३ गते बुटवल कोहलपुर खण्डको चार सय केभिए ट्रान्समिसन लाइनको सर्भेको क्रममा कपिलवस्तुको चुरे पहाड क्षेत्रमा विद्युत प्राधिकरण अन्तर्गतको निकायम कार्यरत सर्लाहीको बलरा घर भएका ३१ वर्षीय अभिनाश मिश्रको असामयिक मृत्यु हुनुमा प्राधिकरणको लापरबाही भएको आरोप लगाएका हुन । 

    ‘यसकारण यो घटना संसदमा राख्नु परिहेको छ,’ उनले भने, ‘ती इन्जिनियर बिरामी हुने बित्तिकै चार घण्टासम्म त्यही छाडियो । न उनको घर परिवारलाई खबर गरियो न उद्धार गरेर नजिकको अस्पताल लगियो । यस्तो होनहार युवाहरू उद्धार नभएर मृत्यु हुनुपर्ने अवस्था भएपछि अर्बौं कमाएको विद्युत प्राधिकरणको के काम ?’

    बिरामी हुने बित्तिकै चार घण्टासम्म उद्धार नगर्ने, परिवारलाई सूचित नगर्नेजस्ता लापरबाही क्षमा योग्य भएको उनको भनाइ थियो । मिश्रको मृत्यु भएपछि मात्र अस्पताल लगिएको उल्लेख गर्दै सांसद सिंहले भने, ‘डाक्टरले घटना भएको एक दुई घण्टाभित्र ल्याएको भए बचाउन सकिन्थ्यो भनेका छन् । तर मृत्यु भएपछि मात्र अस्पताल लगियो ।’

    उनले मिश्रको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । ‘यो घटनामा सरकार र खासगरी विद्युत प्राधिकरणको लापरबाही देखिन्छ,’ उनले भने, ‘किन समयमा खबर गरिएन ? किन समयमै उद्धार गरिएन ? यस्तो लापरबाही गर्ने दोषीमाथि कारबाही हुनुपर्छ र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्छ ।’ 

    काम गर्दागर्दै कुनै पनि सरकारी कर्मचारी बिरामी भएमा तत्काल उद्धारगरी उपचारको समुचित व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण पनि गराए । 

  • सम्बन्धित विषय:

  • # संसद

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij