Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

उत्तर प्रदेशमा चट्याङ परेर एकैदिन २८ जनाको मृत्यु

उत्तर प्रदेशमा चट्याङ परेर एकैदिन २८ जनाको मृत्यु

  • 530
    SHARES
  • उत्तर प्रदेशमा चट्याङ परेर एकैदिन २८ जनाको मृत्यु

    लखनउ । भारतको उत्तर प्रदेश राज्यमा चट्याङ परेर २८ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै १३ जनाको प्रयागराजमा मृत्यु भएको हो । पत्रकार समिरात्मज मिश्रका अनुसार उत्तर प्रदेशमा आइतबार भारी वर्षाको क्रममा विभिन्न स्थानमा चट्याङ परेको थियो । मृत्यु हुनेको संख्या थप बढ्न सक्ने बताइएको छ । कतिपय गम्भीर घाइते भएका छन् ।

    राज्यको विभिन्न क्षेत्रमा दर्जनौं चौपाय पनि मरेका छन् । मुख्यमन्त्री आदित्यनाथले आइतबार मृतकका परिवारलाई ४/४ लाख भारु आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

    मुख्य मन्त्रिले जिल्ला प्रशासनलाई तत्कालै मानवीय सहायता प्रदान गर्न र घाइतेको समुचित उपचार गर्न आदेश जारी पनि गरेका छन् । प्रयागराजबाहेक कानपुर देहातमा ५, फिरोजाबादमा ३, कौशान्बीमा २, मिर्जापुरमा १ व्यक्तिको मृत्यु भएको छ । 

    राजस्थानको राजधानी जयपुरसहित विभिन्न जिल्लामा आइतबार मुसलधारे पानी परेको थियो । पानी परिरहेकै समयमा परेको चट्याङले कोटा जिल्लामा ४, धौलपुरमा ३ बालबालिकाको मृत्यु भएको छ । मुख्यमन्त्रि अशाेक गहलाेतले चट्याङबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५/५ लाख क्षतिपूर्ती दिने बताएका छन् । 

    जयपुर प्रहरी आयुक्त आनन्द श्रीवास्तवले स्थानीय व्यक्तिको सहयोगबाट आमेर इलाकामा चट्याङ प्रभावित २९ जनाको सकुशल उद्धार गरेको बताएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पुर्याएको थियो तर १५ जनाको मृत्यु भएको छ । 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij