Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

वर्षाले खाँदबारी–नुम सडकमा क्षति

वर्षाले खाँदबारी–नुम सडकमा क्षति

  • 84
    SHARES
  • वर्षाले खाँदबारी–नुम सडकमा क्षति

    खाँदबारी । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-नुम खण्डको ठूलोढुंगा अरुणथान चार किलोमिटर  क्षेत्रमा  वर्षाले क्षति भएको छ ।

    यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए ।

    कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुंगा-पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ । वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

    आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । वर्षाले  पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब रु एक करोडको क्षति भएको उनले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # वर्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij