Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

गृहमन्त्रीलाई कारबाही गर्न कांग्रेसको माग

गृहमन्त्रीलाई कारबाही गर्न कांग्रेसको माग

  • 217
    SHARES
  • गृहमन्त्रीलाई कारबाही गर्न कांग्रेसको माग

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमालाई कारबाही गर्न नेपाली कांग्रेस केन्द्रीय सहकारी विभागले माग गरेको छ ।

    बुधबार विभागका प्रमुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जारी गरेको विज्ञप्तिमा लामिछानेमाथि कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

    बुटवलको सुप्रिम, पोखराको सुर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ९५ करोड ८१ लाख रूपैयाँ गैरकानुनी रूपमा लगानी भएको भन्दै उक्त प्रालिका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक लामिछानेमाथि कारबाही गर्नुपर्ने जनाइएको छ ।

    अनियमितता, ठगी, अपचलन गर्ने जोसुकै व्यक्ति, कम्पनीलाई कानुनी दायरामा ल्याइ कडा कारबाही गर्न र सर्वसाधारण जनताको बचत सुरक्षा गर्न सरकारसँग नेपाली कांग्रेस केन्द्रीय सहकारी विभागले माग गरेको छ ।

    sahakari-.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij