वेबटिभी खबर
काठमाडौं । सहकारी ठगीमा संसदीय छानबिन समिति माग गर्दै संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नारावाजी चलिरहेकै छ । नारावाजीकै बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने क्रम पनि जारी छ ।
कांग्रेसको अवरोधका कारण संसद बैठक १५ मिनेट स्थगित समेत भएको थियो । सभामुख देवराज घिमिरेले नारवाजीकै बीच विश्वासको मत लिने प्रक्रिया अघि बढाएका छन् । सभामुख घिमिरेले बारम्बार नाराबाजी गर्ने सांसदहरुलाई विश्वासको मत लिने कार्यमा सहयोग गर्न आग्रह गरिरहेका छन् ।
नारवाजीकै बीचमा प्रधानमन्त्रीले रोष्ट्रमबाट विश्वासको मत मागिसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij