वेबटिभी खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)को स्थायी कमिटी आज पनि बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
शनिबार शुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आइतबार पनि बैठक बस्न लागेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक बस्ने तयारी नेकपा एसको छ ।
हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विषयमा धारणा राखेका थिए भने महासचिव घनश्याम भुसालले महाधिवेशनको तयारीसहितका एजेण्डाबारे बैठकमा जानकारी गराएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij