Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

जहाँ भूतले कोरोनाबारे सचेत गराउँछ

जहाँ भूतले कोरोनाबारे सचेत गराउँछ

  • 703
    SHARES
  • जहाँ भूतले कोरोनाबारे सचेत गराउँछ

    जकार्ता । डेल्टा भेरिएन्टका कारण अहिले इन्डोनेशियामा कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमण बढेपछि यहाँ सरकारले विभिन्न प्रतिबन्धहरु जारी गरेको छ साथै सर्वसाधारणलाई कोरोना बारे सचेत गराउन सरकारी अधिकारीहरु भूत बनेका छन् ।

    विशेष गरी अलौकिक शक्तिमाथि विश्वास गर्ने ठाउँहरुमा ती अधिकारीहरु सेतो लुगा लगाएर भूत जस्तै बनेर मानिसहरुलाई भाइरसबाट सर्तक हुन आग्रह गर्छन् । अधिकारीहरुले यसलाई एक अभियानको रुपमै लिएका छन् । उनीहरुले भाइरस र खोपबारे फैलिएका गलत सूचनाको भ्रम पनि हटाउने प्रयास गरिरहेको एएफपीले लेखेको छ । 

    इन्डोनेशियामा अहिले दैनिक ३० हजारभन्दा बढी संक्रमित भेटिएका छन् भने मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । संक्रमणका कारण देशको स्वास्थ्य प्रणालीमा अत्यधिक चाप परेको छ । संक्रमण बढेसँगै त्यहाँका अस्पतालहरुमा अक्सिजन अभाव भएको छ । पश्चिमको सुमात्रा टापुदेखि पूर्वी पपुआसम्म दर्जनौं सहरमा लकडाउन लागू गरिएको छ । 

    भिडियाेः

    https://fb.watch/v/3iURP9wTx/

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij