वेबटिभी खबर
बाग्मती । कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौंडा-काठमाडौं जोड्ने सडक आज बिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको छ ।
स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक बिहान ९ देखि अपराह्न १२ बजेसम्म र साँझ ६ देखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
बिहानको समयमा ३ घण्टा र राति १० घण्टा सो सडकमा आवागमन गर्न दिने जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक डिभिजन कार्यालय हेटाैंडाबाट जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
सो नियमअनुसार अगामी जेठ १५ गतेसम्म यातायात सञ्चालन हुने उनको भनाइ छ । ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्जाङ, भट्टेडाँडा, बगुवा हुँदै हेटौंडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij