वेबटिभी खबर
काठमाडौं । कोरोना सुरु भएयता हालसम्म विश्वभर यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९ सय २९ जनाको मृत्यु भएको छ ।
विश्वभरी कूल संक्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९६० जना रहेका छन । विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ६७ हजार १ सय ३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सबैभन्दा धेरै प्रभावित राज्य अमेरिकामा छ लाख छ हजार २ सय १८ जनाले भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् भने ३ करोड ३७ लाख ७० हजार ४ सय ४४ जना संक्रमित भएका छन् ।
अमेरिकापछि दोस्रो स्थानमा भारत रहेको छ । भारतमा हालसम्म ३ करोड ६ लाख ६३ हजार ६ सय ६५ जना संक्रमित भएका छन् भने ४ लाख ४ हजार २ सय ११ जनाको संक्रमणका कारण मृत्यु भएको छ । साथै ब्राजिलमा संक्रमितको संख्या १ करोड ८९ लाख छ भने मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ५ सय ४० छ ।
विश्वभर ३ अर्बभन्दा बढीले लगाए कोरोनाविरूद्धकाे खोप
डेल्टा प्लस भेरिएन्टलाई लिएर विश्वभर चिन्ता
महामारीका कारण विश्वभर हिंसात्मक प्रदर्शन र राजनीतिक अस्थिरता बढ्यो
विश्वभर ५० दिनयता कोरोना भाइरसको संक्रमण तीव्र घट्यो
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij