Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

संक्रमण बढे पनि बेलायतमा लकडाउन हट्यो 

संक्रमण बढे पनि बेलायतमा लकडाउन हट्यो 

  • 686
    SHARES
  • संक्रमण बढे पनि बेलायतमा लकडाउन हट्यो 

    लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण बढे पनि सामाजिक दूरी, अनिवार्य मास्क जस्ता सबै नियम हटाइएको छ । बेलायत कोरोना महामारीका समयमा सबै प्रतिबन्ध हटाउने विश्वको पहिलो देश बनेको छ । प्रतिबन्ध जुलाई १९ बाट पूर्ण रुपमा हट्ने छ । यसभन्दा अगाडि १२ जुलाईमा स्थितिबारे समीक्षा हुनेछ ।

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यसै साताको सुरुमा प्रतिबन्ध हट्ने घोषणा गरेपछि चारैतिरबाट विरोध भएको थियो । ट्विटरमा ह्यासट्याग ‘जोनसन भेरिएन्ट’ प्रयोग गर्दै प्रधानमन्त्रीले महामारीमा सबै नियम हटाउन हतार गरेको भनिएको छ । 

    बेलायतमा डेल्टा भेरिएन्टको प्रसार बढेपछि लकडाउन कायमै रहन्छ वा हट्छ भन्ने अन्योल थियो । जोनसनले सबै प्रतिबन्ध हटाउने घोषणा गरेर लकडाउन अब लागू नहुने स्पष्ट पारेका छन् । मास्क पनि अनिवार्य लगाउनु नपर्ने भएको छ । 

    अहिलेसम्म घरभित्र ६ जनाभन्दा बढी जम्मा हुन रोक लगाइएको थियो, अब जुलाई १९ देखि यो नियम पनि हट्दैछ । प्रधानमन्त्री जोनसनले जुलाई महिनामै दैनिक संक्रमित संख्या ५० हजार पुग्ने पनि बताएका छन् । उनले दुखद रुपले अझ धेरै मृत्युका लागि तयार हुन आवश्यक रहेको पनि बताए । उनले खोप लगाएर संक्रमण नियन्त्रण गर्ने प्रयास गरेकाले पनि लकडाउन लगाउन जरुरी नरहेको बताएका छन् । 

    तर बेलायती मेडिकल एसोसिएसनका उपाध्यक्ष प्रोफेसर कैलाश चन्दले बोरिस जोनसनले लापरवाही गरेको भन्दै ट्विट गरेका छन् । बेलायतमा अहिलेसम्म ८५ प्रतिशत वयस्क व्यक्तिहरुले खोपको पहिलो मात्रा लिइसकेका छन् । वैज्ञानिकहरुले डेल्टा भेरिएन्टको संक्रमण र खोपको गतिबीच संघर्ष चलिरहेकाले भाइरसमाथि विजयी भएको दाबी गर्न कठिन हुने बताउँदै आएका छन् । 

    कोरोना संक्रमण फैलिएपछि बेलायतमा करिब १६ महिनासम्म लकडाउनका विभिन्न नियमहरु लागू थिए । मंगलबार त्यहाँ २८ हजार ७ सय जना संक्रमित भएका थिए भने ३७ जनाकाे संक्रमणकै कारण ज्यान गएकाे छ । 

    बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै संक्रमित भेटिए बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै संक्रमित भेटिए बेलायतमा पाँच महिनापछि एकैदिन २२ हजार संक्रमित  बेलायतमा पाँच महिनापछि एकैदिन २२ हजार संक्रमित  सामाजिक दूरी पालना नगरेका कारण बेलायती स्वास्थ्यमन्त्रीकाे राजीनामा  सामाजिक दूरी पालना नगरेका कारण बेलायती स्वास्थ्यमन्त्रीकाे राजीनामा 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij